काठमाडौं। नेपाल सरकारले हालै नेपाल व्यापार एकीकृत रणनीति २०८० प्रकाशमा ल्याएको छ । यस रणनीतिमा उल्लिखित वस्तुमा पास्ता पनि पर्छ । आर्थिक वर्ष २००८/०९ मा पास्ता रू. ८२ करोड ८४ लाखको निर्यात भएकोमा आर्थिक वर्ष २०२२/२३ मा रू. १ अर्ब ७४ करोड पुगेको छ ।
निर्यातको यस प्रवृत्तिले पास्ता निर्यातमा उक्त रणनीतिद्वारा घोषित लक्ष्य प्राप्त गर्न उत्पादनमा वृद्धि र निर्यातमा देशगत विविधीकरणको खाँचो देखाएको छ ।