‘२ नम्बरी’ बाट हटिन् बर्षा

केही अगाडि अभिनेता पल शाहको स्थानमा अभिनेता सौगात मल्ल भित्र्याएको फिल्म ‘२ नम्बरी’ ले नायिका पनि परिवर्तन हुने भएको छ । निर्माण युनिटले अहिले रहेकी अभिनेत्री बर्षा राउतको ठाउँमा अर्की नायिका भित्र्याउने तयारी गरेको हो ।यस अगाडि फिल्मका केही पाटो छायाङ्कन गरिसकेकी बर्षालाई निर्माण टिमको आन्तरिक छलफलबाट हटाउन लागेको निर्माता किरण नेपालीले बताए । ‘हामीले अहिले फिल्मको नायिका परिवर्तन गर्ने निर्णय गरेका छौ’ निर्माता नेपालीले भने ‘अब अभिनेत्री को रहने र किन परिवर्तन गरे