प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी गठबन्धनको तयारीमा तत्कालका लागि ब्रेक लागेको छ ।
मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिने प्रक्रिया शुरू नगरे अविश्वासको प्रस्ताव दर्ता गराएर विशेष अधिवेशन माग गर्ने निर्णय गठबन्धनले भदौ ३० गते गरेको थियो ।
तर, मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषय नटुंगिँदा गठबन्धनलाई आफ्नै निर्णय निल्नु न ओकल्नु भने जस्तै भएको छ ।
अविश्वासको प्रस्तावमा नै मुख्यमन्त्रीको उम्मेदवार तोक्नुपर्ने कानूनी बाध्यताका कारण गठबन्धनमा आबद्ध दलहरू...