खाडी र मलेसियामा नेपाली जेल पर्नुका कारण : जाँड रक्सीदेखि नियम उल्लङ्घन र हत्यासम्म

काठमाण्डौ – वैदेशिक रोजगारीको क्रममा यूएई जानुभएका धादिङका नवीन (नाम परिवर्तन)लाई दुई वर्ष पहिले लागू औषध ओसारपसार गरिरहेको अवस्थामा त्यहाँको प्रहरीले पक्राउ गर्‍यो । नवीनलाई झण्डै आजीवन काराबासको सजाय भएको थियो । तर समयमै यूएईमा रहेको नेपाली दूतावासले नवीनको कानुनी प्रतिरक्षाका लागि काम गरिदियो र दुई वर्षको जेल जीवन बिताएर घर फर्कन पाउनुभयो ।  कम्पनीले पनि सहयोग गरेकाले कम्पनी र दूतावासको निरन्तरको प्रयासपछि मात्रै नवीनलाई नेपाल फर्काउन सफल भएको यूएईमा रहेको नेपाली दूतावासका श्रम काउन्सेलर दिनबन्...