रेनोको काइगर सार्वजनिक, यस्तो छ विशेषता र मूल्य

बिहीबार रेनोको नयाँ एसयुभी रेनो काइगर सार्वजनिक भएको छ।

सम्बन्धित सामग्री

रेनोको काइगर सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको छ । कम्पनीले रेनोको नयाँ एसयूभी रेनो काइगर सार्वजनिक गरेको हो । रेनो काइगर एसयूभीमा स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी रहने कम्पनीले बताएको छ । गाडीलाई सामान्य, इको र स्पोर्ट मोड गरी ती मोडलमा सञ्चालन गर्न सकिन्छ । कम्पनीका अनुसार स्पोर्ट मोडमा एबीएस, इबिडी ब्रेकिङ प्रविधि र ४ वटा एयरब्याग छन् । यो एसयुभीमा एलइडी हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रविधि, भ्वाइस रेक्निसन प्रविधि, वायरलेस फोन चार्जर, अटो एसीलगायतका विशेषता छन् । रेनो काइगरमा भएको १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ । यो ९९९ सिसीको गाडी हो । भर्चुअल कार्यक्रममा रेनो इन्डियाका सीईओ एवं प्रबन्ध निर्देशक वेन्कटराज मनिपालले रेनो काइगर भारतमा झैं नेपालमा पनि ग्राहक रोजाइमा पर्ने विश्वास व्यक्त गरे । हाल कम्पनीका देशभर १५ आउटलेट छन् । रेनो काइगरअघि बजारमा क्विड, डस्टर र ट्राइबर उपलब्ध छन् । यी तीन मोडलपछि कम्पनीले रेनो काइगर एसयूभी भित्र्याएको हो । कम्पनीले ६ रङ र ४ भेरियन्टमा उपलब्ध हुने रेनो काइगरको सुरुआती बजार मूल्य २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म तोकेको छ ।

रेनोको काइगर कार सार्वजनिक

रेनोको नयाँ एसयुभी रेनो काइगर सार्वजनिक भएको छ । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले एक भर्चुअल कार्यक्रममार्फत रेनो काइगर सार्वजनिक गरेको हो । रेनो काइगर थुप्रै विशेषताले भरिपूर्ण एसयुभी हो । यसको तीन मुख्य विशेषता भनेको स्पोर्टी आवरण, सर्माट प्रविधि र स्टनिङ प्रदर्शनी रहने कम्पनीले दाबी गरेको छ ।गाडीलाई तीन मोडमा चलाउन सकिन्छ […]