अनलाइन जुवा खेल्ने १२ जना पक्राउ

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा अनलाइन जुवा खेल्ने १२ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्ट्रिङ अप्रेशन गरेर आज मङ्गलवार पक्राउ गरेको हो । हेटौँडा ४ कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिइ कुलदीप पाठकले सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलाउँदै गर्दा उनीसहित अन्य ११ जना पक्राउ परेका हुन् ।  प्रहरीले पाठकसँगै हेटौँडा ९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौँडा ४ कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हे...