संघीय सरकारले प्रहरी समायोजनमा आलटाल गरिरहेको र प्रहरी भर्ना गर्ने अधिकार प्रदेशलाई नदिएको भन्दै सात वटै प्रदेशका आन्तरिक मामिला (गृह) तथा कानुन मन्त्रीहरुले आन्दोलनको चेतावनी दिएका छन् । मधेस प्रदेश सरकारको अगुवाईमा सात वटा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुको बिहीबार भएको भेलाले शान्ति सुरक्षाको जिम्मेवारी प्रदेश सरकारको भए पनि संघीय सरकारले प्रदेश मातहत अधिकार प्रत्यायोजन गर्न बेवास्ता गरिरहेको निष्कर्ष निकालेको हो ।मधेस प्रदेश सरकारले संघीय सरकारमाथि दबाब दिन शान्तिपूर्ण आन्दोलन गर