व्यास नगरपालिकास्थित छाब्दीखोलामा आएको बाढीले वडा १ र १३ जोड्ने पक्की पुल बगाएपछि जिल्लाको दक्षिणी भेगका बासिन्दाको सदरमुकामसँग सहज पहुँच टुटेको छ । बुधबार रातिको बाढीले पुल भत्काएपछि बेलबास, पोखरीभन्ज्याङ, बेनिकोट, गुदी, मास्दी, धरमपानी, छिपछिपेलगायत देवघाट र बन्दीपुर गाउँपालिकाका ग्रामीण क्षेत्रका बासिन्दाको आवतजावतमा ठप्प भएको हो ।