काठमाडौँ। सानिमा बैंकले ‘नो डाटा, नो प्रोबलम’ योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकका ग्राहकलाई मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ।
नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउने बैंकले जनाएको छ।