काठमाण्डौ – बलात्कारको मुद्दामा हदम्याद हटाउन माग गर्दै नेपाली कांग्रेसका चार जना महिला सांसदले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका छन् । हदम्यादको कानुनी प्रबन्धका कारण बलात्कार पीडितले न्याय नपाएको र अपराधीहरूको मनोबल बढिरहेको भन्दै सांसदहरू डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले प्रतिनिधि सभामा सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।
प्रस्तावमा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिब कारण देखाइ उजुर गर्न आएमा दर्ता गरी अनुसन्धान गर्न सक्ने गरी कानुन संशोधन गर्नुपर्ने उल्लेख छ ।...