चेन्नई सुपर किंग्सको तीन सदस्य कोरोना संक्रमित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)को क्लब चेन्नई सुपर किंग्सका कार्यकारी प्रमुख अधिकृत के विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बस क्लिनर कोरोना भाइरस संक्रमित भएका छन्। तीनै जनाको सोमबार गरिएको परीक्षणको नतिजा पोजेटिभ आएको हो। यसअघि कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा पनि कोरोना संक्रमण देखिएपछि आज हुने कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको थियो।