प्रधानन्यायाधीशविरुद्ध बारले घोषणा गरेका यस्ता छन् आन्दोलनका कार्यक्रम

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बारले आफ्नो केन्द्रीय समिति बैठकबाट प्रधानन्यायाधीशले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो । बारले कात्तिक १४–१७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधेर विरोध गर्ने निर्णय गरेको छ । कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमै धर्ना र विरोधसभा गर्ने कार्यक्रम समेत तय गरिएको छ । बारको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा कात्तिक १...