२ सय करोड ठगी मुद्दामा ज्याक्लिन र नोरालाई सोधपुछका लागि बोलाइयो

२ सय करोड भारतीय रुपैयाँ ठगी र फिरौती मामिलामा बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज र नोरा फतेहीलाई इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले सोधपुछका लागि बोलाएको छ । उक्त मामिलामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नहरुलाई ईडीले सोधपुछ गरिरहेको बताएको छ । सुकेश चन्द्रशेखरले रनबक्सीका पूर्व प्रमोटर शिविन्दर सिंह र मलविन्दर सिंहलाई २ सय करोड रुपैयाँ ठगी गरेको आरोप छ । श्रीलंकाली नायिका उनको पत्नी लिना पाउलसँगको सम्बन्धको कारण यस मुद्दामा मुछिएकी हुन् ।गत अगस्त २४ मा चेन्नईस्थित लिनाको घरमा छापा मा