राष्ट्रिय लिग फुटबल : हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

काठमाडौं : नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार शहीद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातदोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै पाँचौं स्थानमा उक्लिएको हो।४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त भयो।यो जितपछि हिमालयन शेर्पा नवौ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको छ।सातदोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडा

सम्बन्धित सामग्री

पेनाल्टीमा गोल गर्न नसक्दा हिमालयन शेर्पा थ्रीस्टारसँग पराजित

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको जितमा लाकेन लिम्बूले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा गरेको एक गोल नै थ्रीस्टारका लागि निर्णायक गोल सावित भयो । त्यस्तै खेलको ४८औँ …

'ए' डिभिजन लिग : जावलाखेल र हिमालयन शेर्पा तथा मनाङ र एनआरटी खेल्दै

काठमाण्डाै - 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । १२औँ चरण अन्तर्गतको खेल अनुसार आज दिउँसो एक बजे जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब तथा बेलुकी पौने पाँच बजे मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । दुवै खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ ।  यसैबीच च्यासल युथ क्लब 'ए' डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । हिजो भएको खेलका फ्रेण्ड्स क्लबसँग २–१ गोलले पराजित भएको च्यासल रेलिगेशनमा परेर 'बी'...

'ए’ डिभिजन लिग फुटबल : लगातार चौथो जितको दाउमा हिमालयन शेर्पा

लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आईतबार थ्रीस्टार क्लबविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्रै खेल अपरान्ह पौने ५ बजे सुरुहुनेछ । लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ । थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको थ्रीस्टार आफ्नो लय कायम राख्न चाहन्छ । थ्रीस्टारका प्रशिक्षक उर्जन

शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ ।

'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो । मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक/ एक गोल गरे । आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।

हिमालयन शेर्पा र पुलिसको खेल बराबरीमा टुङ्गियो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भएको खेलमा हिमालयन शेर्पा र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरीमा खेल्दै अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने हिमालयन शेर्पाले लियो । खेलको सुरुआती […]

ए डिभिजन लिग फुटबल : संकटा र हिमालयन शेर्पाको खेल बराबरीमा

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गर्दै अंक बाँडेका हुन् । ६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका  त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार र च्यासल युथ क्लब खेल्दैछन् । हिजोदेखि सुरु भएको लिगको उद्घाट...

शेर्पामा खेल्ने शैलीको जग बसाल्ने ‘युगल’ प्रयास

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लबले राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर युगलकिशोर राईको प्रशिक्षणमा यसपटकको सहिद स्मारक ए डिभिजन लिग खेल्ने भएको छ । लिग खेल्नुअघि नै राईको प्रशिक्षणमा हिमालयन शेर्पाले यसै महिना बेलबारी गोल्ड कपको उपाधि जितेको थियो । अर्को ए डिभिजन टोली नेपाल एपिएफ क्लबलाई फाइनलमा हराउँदै हिमालयन शेर्पाले उपाधि जितेको थियो […]

हिमालयन शेर्पा क्लब छाडेका मानबहादुर सातदोबाटोमा आबद्ध

१२ साउन, काठमाडौं । लामो समय हिमालयन शेर्पाबाट फुटबल खेलेका मानबहादुर तामाङ सातदोबाटो युथ क्लबमा अनुबन्ध भएका छन् । उनले केही दिनअघि मात्र शेर्पा छाडेका थिए । नयाँ सिजनको ए डिभिजन लिग खेल्न मानबहादुरलाई सातदोबाटोले अनुबन्ध गरेको हो । सातदोबाटो युथ क्लबले मंगलबार मानबहादुर तामाङ र दीपक राज सिंह ठकुरी ‘विक्रम’लाई अनुबन्ध गरेको जनाएको छ । […]

ए डिभिजन लिग : लगभग जोगियो हिमालयन शेर्पा

हिमालयन शेर्पा क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको रेलिगेसनबाट लगभग जोगिएको छ । यद्यपि, गणितीय