काठमाडौ : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा नगर कार्यपालिकाले पूर्णता पाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यायलयले बुधबार महिला र दलित तथा अल्पसङ्ख्यकका लागि मतदानमार्फत सदस्य चयन गरेको हो। यससँगै महानगरको ४३ सदस्यीय कार्यपालिकाले पूर्णता प्राप्त गरेको छ। मतदानमा महिला पाँच र दलित वा अल्पसङ्ख्यक तीन गरी आठ सदस्यका लागि…