नेकपा (एकीकृत समाजवादी) : बैतडीका पाँच पालिकामा नेतृत्व चयन

बैतडी : नेकपा (एकीकृत समाजवादी)ले बैतडीमा संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ। जिल्लाका सबै स्थानीय तहमा कमिटी गठन गर्ने अभियानअन्तर्गत हालसम्म पाँच स्थानीय तहमा कमिटी गठन गरिएको नेकपा (एकीकृत समाजवादी)का बैतडी अध्यक्ष महादेव भट्टले जानकारी दिए। हालसम्म दोगडाकेदार, सुर्नया गाउँपालिका, दशरथचन्द, मेलौली र पुर्चौंडी नगरपालिकामा पालिकास्तरीय कमिटी गठन गरिसकिएको जनाएको छ। दोगडाकेदारमा लक्ष्मीदत्त जोशीको अध्यक्षतामा ५१, सुर्नयामा दिनेशप्रसाद भट्टको अध्यक्षतामा ६५, दशरथचन्दमा दिनेशसिंह ठगुन्नाको अध्यक्षतामा ७७, पुर्चौ...