काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।श्रम गन्तव्य मुलुकहरुमा कोभिड–१९ महामारी नियन्त्रणका लागि गरिएका व्यवस्थाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुलाई आर्थिक व्ययभार बढ्ने देखिएको भन्दै आयोगले उनीहरुलाई अनिवार्य खोपको व्यवस्था गर्न आग्रह गरेको हो।आयाेगले शुक्रबार विज्ञप्ति प्रकाशित गरी श्रमिकलाई कोभिड–१९ विरुद्धको खोप तत्काल व्यवस्थापन गर्न कोभिड–१९ सङ्कट व्यवस्