माग १३००, सुक्खायाम लम्बिँदा उत्पादन ८३० मेगावाट मात्रै

लमजुङको दोर्दी खोलामा निर्मित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै राष्ट्रिय प्रसारण लाइनको जडित क्षमता २७ सय मेगावाट पुगेको छ । तर हिउँदे उत्पादन भने करिब ३० प्रतिशतमा खुम्चिएको छ । जलशाययुक्त आयोजना निर्माण नहुँदा र नदी प्रवाही आयोजनाको भरमा रहेको नेपाली जलविद्युत् क्षेत्र सुक्खायामसँगै क्रमशः भारतीय बिजुलीको भरमा चलेको छ । गर्मीयामसँगै भारतमा पनि बिजुलीको उच्च माग हुँदा नेपालले मागे जति बिजुली ल्याउन पाएको छैन ।