घिमिरेमाथि आक्रमण गर्नेलाई कारवाही गर्न सभापति देउवाको निर्देशन

नेपाली काँग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो ।सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानक