अस्ट्रेलिया सरकारले टेनिस स्टार नोभाक जोकोविचको भिसा दोस्रोपटक खारेन गरेको छ ।
कोरोनाविरुद्धको खोप नलगाइकनै अस्ट्रेलियामा खेल्न पाउनुपर्ने जोकोविचको तर्कलाई उक्त देशले मानेको छैन ।
अध्यागमन मन्त्री एलेक्स हकको यस निर्णयका कारण जोकोविचलाई देशनिकाला गरिने सम्भावना छ ।
तर त्यहाँ बसेर अस्ट्रेलियन ओपन खेल्नका लागि जोकोविचले पुनरावेदन दिन सक्छन् ।
सोमवारबाट शुरू हुने ओपन खेल्नका लागि जोकोविचको तालिका सार्वजनिक भइसकेको छ ।
‘आज मैले आफ्नो अधिकारको उपयोग गर्दै स्वास्थ्य र सुव्यवस्थाका आधा...