काठमाण्डाै – सरकारले आउँदो दशैं सम्ममा ३३ प्रतिशत मानिसलाई कोरोना विरुद्धको खोप लगाइसक्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आउँदो दशैंसम्म ३३ प्रतिशत मानिसलाई पूर्ण खोप लगाइसक्ने योजना रहेको बताउनुभयो ।
अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप नेपाल आइपुगेको र दशैंसम्म त्यो संख्या दुई करोड पाँच लाख पुर्याउने उहाँले बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोराेना विरुद्धको भेरोसेल खोप एक हप्तादेखि १० दिनभित्र ल्याउने प...