लोकसंस्कृतिविद् प्राध्यापक मोतीलाल पराजुलीको ६५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरका बिरामी पराजुली पछिल्लो पटक कोरोनाबाट पीडित भई सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो । उनका धर्मपत्नीसमेत १५ दिनअघि कोरोनाका कारण निधन भएको थियो ।