मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

झापा। मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी झापामा एकजनाकाे मृत्यु भएको छ। कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो। उनलाई आज बिहान ५ बजे जङ्गली हात्तीले रतुवामाई वृक्षरोपण आयोजनाको जङ्गलभित्रको सडकमा आक्रमण गरेको थियो। जङ्गली हात्तीको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको हो।

सम्बन्धित सामग्री

हात्तीको आक्रमणबट मृत्यु भएकाको परिवारलाई १ लाख राहत

विराटनगर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं २ का रविन खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ । बुधवार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतिपूर्ति दिने भएको हो । इटहरी वडा नं २ मा जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरी विध्वंस मच्चाउन […]