मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। अहिले मुटुको समस्या लिएर अस्पताल पुग्ने ४० वर्षमुनिका बिरामीमध्ये २० देखि २५ प्रतिशतमा हृदयाघात हुने गरेको अस्पतालको तथ्यांक छ। अस्पताल पुग्ने कुल बिरामीमध्ये मुटुसम्बन्धी समस्या भएका दोस्रो–तेस्रो नम्बरमा हुन्छ। […]