भिरबाट लडेर विद्यार्थीको मृत्यु

दार्चुलाको नौगाड गाउँपालिका- ६ मा भिरबाट लडेर एक जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार बिहान घरबाट विद्यालय जाने क्रममा रातोपौड भिरबाट लडेर धनसिंह धामीकी १८ वर्षीया छोरी मनिषाको मृत्यु भएको हो ।

सम्बन्धित सामग्री

दार्चुलामा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु

अपिहिमाल गाउँपालिका-६ धङकङमा भिरबाट लडेर एक बालकको मृत्यु भएको छ । आइतबार बिहान स्थानीय छिपुलाकेदार मावि कक्षा ५ अध्ययनरत १२ वर्षीय समिर महताको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर विद्यार्थीको मृत्यु

यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो ।  अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए ।महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका लागि बुबा रघुवीरसिंह धामीसँगै लोलु पुगेको बताइएको छ । यस वर्ष यार्सागुम्बा सङ्कलनका क्रममा मृत्यु हुनेमा दुई महिला, एक विद्यार्थी र ए

यार्सागुम्बा सङ्कलनका क्रममा लडेर मृत्यु

दार्चुला, २३ जेठ: यार्सागुम्बा सङ्कलनका क्रममा भिरबाट लडेर एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका–४ का १९ वर्षीय महेशसिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । अपी हिमाल गाउँपालिकाको लोलु क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका महेशको भिरबाट लडेर शनिबार मृत्यु भएको नौगाड–४ का वडाध्यक्ष नन्दनसिंह धामीले जानकारी दिए। महेश जेठ पहिलो साता यार्सागुम्बा सङ्कलनका […]