हुम्ला – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि देशमा विकासको लहर आउने दाबी गर्नुभएकाे छ । एमाले हुम्लाले आज आइतवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्ताे दाबी गर्नुभएकाे हाे । अध्यक्ष ओलीले नागरिकको आर्थिक, सामाजिक तथा समग्र विकासका लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघि सारेको पनि बताउनुभयाे । आफू प्रधानमन्त्री हुँदा हुम्लासहित देशभरका जिल्लामा विकास निर्माणले तीव्र गति लिए पनि गठबन्धनको सरकार आएपछि सुस्ताएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास निर्माणले स...