कोरोना संकटबीच अर्को एउटा चिन्ता बढाउने खबर आएको छ । ओमिक्रोनपछि वैज्ञानिकले कोरोनाको अर्को एउटा भेरियन्ट (भेरियन्ट आइएचयू) बारे पत्ता लगाएको छ । जानकारीका अनुसार भेरियन्ट आइएचयूले ४६ पटक रुप फेरिसकेको छ । यो मूल कोभिड भाइरसको तुलनामा खोप प्रतिरोधी र संक्रामक हुनसक्ने अनुमान गरिएको छ ।डेली मेलका अनुसार भेरियन्ट आइएचयू फ्रान्समा भेटिएको हो । फ्रान्सको मारसेलमा यो नयाँ भेरियन्टका १२ संक्रमित भेटिएका छन् । उनीहरु अफ्रिकी देश क्यामरुनबाट फर्किएका थिए ।फ्रान्समा हाल ओमिक्रोनको कहरःहाल भेरियन्ट