लिट्मस केबल्सले इलेक्ट्रीशियनलाई लक्षित गरी ‘लिटमस केबल्सः इको वाइरिङ स्मार्ट वाच देखि दुबई सम्मको यात्रा’ योजना ल्याएको छ । जसको मुख्य उद्देश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं। लिट्मस केबल्सले इलेक्ट्रिशियनलाई लक्षित गरी ‘लिटमस केबल्स : इको वाइरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ योजना ल्याएको छ, जसको मुख्य उद्देश्य इलेक्ट्रिशियनको परिश्रम र समर्पणका लागि पुरस्कृत गर्ने रहेको कम्पनीको भनाइ छ । यो योजनाअन्तर्गत इलेक्ट्रिशियनले ५० कोइल्सको खरीदमा स्मार्ट वाच, १०० कोइल्सको खरीदमा ड्रिल मेशिन, ३०० कोइल्सको खरीदमा एयर कुलर पाउने बताइएको छ । कम्पनीका अनुसार ५०० कोइल्सको खरीदमा मुक्तिनाथको यात्रा वा मोबाइल र १ हजार कोइल्सको खरीदमा टिभी जस्ता आकर्षक उपहार जित्न सकिने कम्पनीको भनाइ छ ।
१५ सय कोइल्सको खरीदमा वासिङ मेशिन र २५ सय कोइल्सको खरीदमा दुबई यात्राको अवसर पाइने कम्पनीले जानकारी दिएको छ । यो योजनामा सहभागी हुन इलेक्ट्रिशियनले इकोवायर–जेडएच खरीद गरी कुपनहरू नजिकको लिटमस केबल्सको डिलरमा नाम, ठेगाना, फोन नम्बर र जम्मा गरेको कुपनको संख्याको विस्तृत जानकारी बुझाउनुपर्ने बताइएको छ । पुुस १ गतेदेखि शुरू भएको यो योजना आगामी असार ३१ सम्म चल्नेछ ।