एचपीभी खोप के हो? एचपीभी संक्रमण रोकथाम गर्न यसको भूमिका कस्तो हुन्छ? [भिडियोसहित]

एचपीभीको २०० भन्दा बढी किसिमका प्रजातिहरु हुन्छन्। यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक हुन्। नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभीको प्रजाति १६ र १८ बाट भएको देखिन्छ।