काठमाण्डाै – परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
आज मङ्गलवार दिउँसाे भएकाे भेटवार्तामा नेपाल र चीन दुवै देशका अन्य विशिष्ट कर्मचारीसहितको प्रतिनिधिमण्डल सहभागी थियो । खड्का र चान्सुले आपसी हितका विषयमा छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खड्काले नेपाल–चीन नाकामा देखिएका समस्या समाधानतर्फ पनि चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सुको ध्यानाकर्षण गराउनुभएको थियो ।
सोमवार नेपाल भ्रमणमा आउनु...