पाँचथर – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पाँचथरमा झन्डै ५४ प्रतिशत मत खसेको छ ।
जिल्लामा एक लाख ३८ हजार दुई सय ३२ मतदाता रहेकामा ७४ हजार आठ सय ९८ मत खसेको हो । यो ५३ दशमलव ९० प्रतिशत हो ।
अहिले मतपेटिका सदरमुकाम फिदिममा ल्याउने काम भइरहेकाे र मतपेटिका बुझिसकेपछि मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।