काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बन्न ३८ जनाले आवेदन दिएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन आह्वान गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालय अनुदान आयोगको कारबाहीमा सेवा आयोगका पूर्व सदस्य केदारनाथ घिमिरेको समेत आवेदन परेको छ । काँग्रेस निकट प्राध्यापकहरू घिमिरेका पक्षमा लबिइङ गरिरहेको स्रोतले जनाएको छ । […]