काठमाडाैं : जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी)को मस्तिष्काघातका कारण बिहीबार निधन भएको छ ।७८ वर्षीय टुहुरेको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौं कंलकीमा रहेको घरमा लडेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनमा उच्च रक्तचाप, मुटु, फोक्सो र मधुमेहका दीर्घरोग समेत थिए। टुहेरेले डेढ सयबढी जनपक्षीय गीत रेकर्ड गराएका छन् ।उनको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत सर्वाधिक चर्चित छ। त्यो भन्दा पहिले 'बसाइँ हिँड्नेको ताँतीले बस्ने