सर्लाहीमा दुई बिओपी स्थापना, छ स्थानमा बाँकी

विष्णु गाउँपालिका-१ स्थित १० औँ बिओपी स्थापना गरेको सशस्त्र प्रहरीले मलङ्गवा नगरपालिका-९ मा आज नै ११ औँ बिओपीको उद्घाटन गरेको छ । सर्लाही जिल्लाभर खुला सिमाना रहेको ५१ किलोमिटरमा १७ बिओपी स्थापना हुने भए पनि निरन्तर काम भएको र हालसम्म ११ औँ बिओपी स्थापना भइसकेको सशस्त्र प्रहरी बल १० नम्बर हे क्वा कविलासीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गा श्रेष्ठले जानकारी दिए ।