बैतडीका १७ हजार २९९ जनाले लगाए भेरोसेल खोपको पहिलो डोज

बैतडी : बैतडीका १७ हजार २९९ जनाले कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका छन्। स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार साउन १७ देखि २१ गतेसम्म सञ्चालन भएको खोप अभियानमा उनीहरुले खोप लगाएका हुन्।१८ हजार डोज भेरोसेल खोप प्राप्त भएकोमा १७ हजार २९९ जनाले उक्त खोप लगाएका हुन्। खोप लगाउनेमध्ये सबैभन्दा बढी पुर्चौडी नगरपालिकाका छन्। त्यहाँ ३ हजार १५०, दशरथचन्द नगरपालिकामा २ हजार ३९४, पाटन नगरपालिकामा २ हजार ३१८, दोगडाकेदार गाउँपालिकामा १ हजार ७८६ र डिलाशैनी गाउँपालिकामा १ हजार ६६४

सम्बन्धित सामग्री

सवा लाख व्यक्ति दोस्रो मात्राको खोपको पर्खाइमा

कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उहाँले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिनुभयो । त्यसमध्ये