असारमा कृषि कर्म र असारे गीतको सान्दर्भिकता

नेपालमा अधिकांश मानिस कृषि पेशामा संलग्न छन् । यहाँका मानिसले ऋतु अनुसार विभिन्न कृषि कर्म गर्ने गर्छन् । असार, साउन महीनामा धान रोपाइँ गरिन्छ । उक्त समयमा बिउ काढ्दा, खेत हिल्याउँदा, धान रोप्दा र आली लगाउँदा गाइने गीतलाई असारे गीत भनिन्छ । असारे गीतलाई स्थान अनुसार कतै बाली, कतै रोपाइँ भनिन्छ । यो गीत एकल, […]

सम्बन्धित सामग्री

प्युठानमा धान रोपाइँको चटारो

प्युठान । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच पनि प्युठानका किसानलाई धान रोप्न तथा कृषि कर्म गर्न भ्याई–नभ्याई छ । यतिबेला प्यूठानका अधिकांश किसान मकै लगाउन, गोडमेल गर्न तथा धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी फलाउने समयमा यतिबेला प्युठानको झिमरुक फाँटमा किसानले असारे गीत गाउँदै धान रोप्न तथा आली लगाउँदै गरेको देख्न सकिन्छ । यो वर्ष समयमै पानी परेको तथा सिँचाइ सुविधा भएका कारण वैशाखमै रोपाइँ गर्न पाएको स्थानीय बताउँछन् । अहिले कोरोना भाइरसको दास्रो लहर आए पनि स्वास्थ्य सावधानी अपनाएर कृषि काम गरिरहेको प्युठान नगरपालिका–९ का गोविन्दबहादुर केसीले बताए । ‘यो फाँटमा बाह्रै महिना सिँचाइ सुविधा छ, जसले गर्दा समयमै रोपाइँ हुन्छ,’ उनले भने, ‘गत वर्षजस्तै यो वर्ष पनि कोरोना महामारी भएका कारण घरपरिवार र छिमेकीले मात्रै काम गरेका छौं ।’ विगतका वर्षमा गीत गाउँदै, हिलो छ्याप्दै रमाइलो गर्दै रोपाइँ गरे पनि गत वर्षबाट परिवार मात्रै सीमित भएर रोपाइँ गरेको उनी बताउँछन् । प्युठानको मल्लरानी, ऐरावती, झिमरुक, माण्डवी गाउँपालिका र प्यूठान नगरपालिकाका विभिन्न वडामा धान खेती हुने गरेको छ । यहाँ वैशाख अन्तिमबाटै रोपाइँ सुरु हुन्छ । अहिले प्यूठान नगरपालिकाको बिजुवार, जुम्री, बाग्दुला, विजयनगर, खैरा, मरन्ठाना, धर्मावति, मल्लरानीको चुजाठाँटी, ऐरावतीको बरौला, माण्डवीको नयाँगाउँ, जसपुरलगायत विभिन्न ठाउँमा रोपाइँ चलिरहेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण  गर्न प्यूठानमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको असर सबै क्षेत्रमा परे पनि यहाँका ग्रामीण क्षेत्रको कृषि कर्म भने भौतिक दूरी कायम गरी जारी छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) इकाइ प्युठानका अनुसार जिल्लाको कुल ४२ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । प्युठानमा अहिले कुल क्षेत्रफलको ५५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भइसकेको छ । जेठ अन्तिमसम्म ८५ प्रतिशत रोपाइँ सकिन्छ भने बाँकी टारी खेतमा असारमा रोपाइँ हुन्छ । गत वर्ष जेठको पहिलो सातामा सकिएको रोपाइँ यो वर्ष निषेधाज्ञाका कारण केही ढिला भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (धान जोन) इकाइ प्युठानका कार्यालय प्रमुख कृष्णप्रसाद पौडेलले बताए । ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ हुने प्युठानमा ०७५ मा प्रतिहेक्टर ३.८७ मेट्रिक टनका दरले २५ हजार ३ सय ४८ मेट्रिक टन धान उत्पादन भएको  पौडेलले जानकारी दिए । उनका अनुसार गत वर्ष ३.८७ मेट्रिकटन प्रतिहेक्टरका दरले उत्पादन भएको धान अहिले बढेर ४ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । गत वर्ष प्युठानमा २६ हजार २०० मेट्रिक टन धान उत्पादन भएको थियो  भने यो वर्ष उत्पादन बढेर ४.६ मेट्रिक टन प्रतिहेक्टर पुगेको कार्यालयको तथ्यांक छ । यो वर्ष किसानका लागि अनुदानमा साना आधुनिक मेसिनरी औजार तथा उपकरण, कृषि चुन, बिउ, मललगायत सामग्री उपलब्ध गराएकाले यो वर्ष धान उत्पादनमा अझै वृद्धि हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।