बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै भाटभटेनीबाट एक जना पक्राउ
काठमाडौँ । बैंकको एटिएम मेसिन तोडफोड गर्दागर्दै भाटभटेनीबाट एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका– ५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्याएको भन्ने सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी …
काठमाडौं। एटिएम मेसिन तोडफोड तथा धनमाल चोरी गरेको आरोपमा चार जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका एकान्तकुनास्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले भाग्दै गरेका दुई जनालाई महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनीहरूसहित चार जनाले सोही महानगरपालिका-१५ […]
पोखरा। पोखरामा एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका ६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हो।
भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८ः३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा
काठमाडौं महानगरपालिका-५ स्थित भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेलधुरा सेतीबेशी गाउँपालिका-४ घर भएका २१ वर्षीय दिनेश क्षेत्री रहेका छन् ।बुधबार राति उक्त बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त मालिगाउँबाट ...