दाङ – दाङको तुलसीपुरमा एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
तुलसीपुर १३ दमारगाँउ निवासी १५ वर्षीय शरद आचार्य र वर्ष १५ कै रोशनी महतराको शव आइतवार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिनु भएकाे हाे ।
शव सुन्निएको अवस्थामा रहेकाले शरिरको कुनै/कुनै भागमा मात्रै चोट लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ । मृतक आचार्य र महतरा असोज २८ गतेदेखि स...