३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ

काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुईटेल र दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् ।२५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरे