धुम्बाराहीसहित देशभरका पार्टी कार्यालयमा नेकपा एमालेकाे साइनबोर्ड

काठमाण्डाै - सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेले देशभरका कार्यालयमा रहेको नेकपाको साइनबोर्ड हटाउन थालेको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा पनि एमालेले आफ्नो साइनबोर्ड राखेको छ  । अहिले एमालेले देशभरका आफ्ना कार्यालयहरूमा आफ्नो बोर्ड राखिरहेको छ ।  यस्तै नेकपा झापाको पार्टी कार्यालयमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर आज बिहान एमालेको बोर्ड राखिएको हो ।&nbs...