कात्तिक ४ गते ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने, अहिले नै मागे फोन नम्बर

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग टेलिफोन संवाद गर्ने भएका छन् । चुनावी अभियानअन्तर्गत ओलीले आगामी शुक्रबार (कात्तिक ४ गते) सर्वसाधारणसँग टेलिफोन संवाद गर्न लागेका हुन् । उनले संवादका नम्बर पठाउन पनि आग्रह गरेका छन् । कोसँग कुराकानी गर्ने भन्ने तय ओलीको सचिवालयले गर्ने छ । ओलीको फेसबुक पेजमा पठाइएका नम्बरबाट...

सम्बन्धित सामग्री

व्यस्त शहरमा खाली सटर

काठमाडौं । आर्थिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रका मुख्य व्यापारिक केन्द्रमा पनि सटर र गोदाम तथा घरहरु खाली हुन थालेका छन् । सानो सटर पाउन पनि निकै मुस्कील हुने काठमाडौंका व्यापारीक केन्द्रहरुमा अहिले फोन नम्बर सहित भाडामा रहेको सूचना जारी गरेको भेटिन थालेका छन् । विभिन्न जिल्लाबाट काठमाडौंमा आएर व्यापार व्यवसाय र अध्ययन अध्यापन […]

इसेवा, खल्ती, नमस्तेपे जस्ता वालेट प्रयोगकर्ताले थाहा पाई राख्नु पर्ने ६ कुरा

बदलिँदो समाजसँगै समाजका घटनाका स्वरुपहरु पनि बदलिएका छन्। कुनै बेला घर कार्यलयमा भौतिक उपस्थितिमै हुने आर्थिक अपराधहरु अहिले इन्टरनेटका माध्यम मार्फत 'अन्जान' ठाउँबाट भौतिक उपस्तिथीबिना नै हुने गरेका छन्। त्यसमाथि पनि आर्थिक अपराधका लेनदेनहरु सबै भन्दा कम्जोर प्रणाली भएका माध्यम मार्फत हुने गरेको बिभिन्न घटनाक्रमले देखाउने गरेका छन्। यस्ता गतिबिधिका वित्तीय कारोबार गर्नेहरुले भुक्तानी प्रणालीको नयाँ माध्यम 'पेमेन्ट गेटवे कम्पनी' को प्रयोग बढी गरेको देखिन्छ। नेपाल प्रहरी अपराध महाशाखाकाअनुसार पनि गलत नियतले हुने अधिकांश आर्थिक कारोबारहरु पनि बिधुतिय वालेट अर्थात मोबाइल वालेटहरुबाट बढी हुने गरेका छन्। अनलाइन मार्फत नै अरु कसैको नाममा रहेको नागरिकता वा पहिचान पत्र तथा मोबाइल नम्बर प्रयोग गरेर सहजै खाता  खोल्न सकिने र आफ्नो उदेश्य पुर्तिपछि सहजै यस्ता खाता बन्द गर्न सकिने भएकाले अपराधिक क्रियाकलापका भुक्तानिहरु मोबाइल वालेटबाट भएको अपराध महाशाखाको बुझाई छ। कारोबारलाई थप मजबुत र विश्वसनीय बनाउन पर्याप्त लगानी र पूर्वाधार आवश्यक पर्ने भएकाले नेपाल राष्ट्र बैंकले साउन ६ गते ल्याएको चालू आर्थिक बर्षको मौद्रिक नीति मार्फत 'भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमति प्राप्त संस्थाहरु एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने र यस्ता संस्थाहरुमा तोकिएको सीमासम्म वैदेशिक लगानी भित्र्याउने लगायत अनुमतिसम्बन्धी विद्यमान नीतिगत व्यवस्था पुनरावलोकन गर्ने' नीति लिएको छ। यसमा जोखिम हुने भएकाले नै राष्ट्र बैंकले पनि भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन –२०७८ जारी गरेर पेमेन्ट गेटवे कम्पनी मार्फत कारोबार गर्न पाइने रकममा 'सिलिङ्ग' लगाएको छ। पेमेन्ट गेटवे कम्पनी मार्फत एक दिनमा बढीमा १ लाख र महिनामा दश लाखसम्म कारोबार गर्न पाइने तथा मोबाइल वालेटमा एक दिनमा बढीमा ५० हजारसम्म मात्र राख्न पाइने नियम बनाईएपनि यसका 'लुपहोल ' प्रयोग गरेर नेपाल सरकारले अबैध भनेका धेरै प्रकारका कारोबारमा पेमेन्ट गेटवे प्रयोग हुने गरेको देखिन्छ।  नेपाल सरकारले अबैध भनेका धेरै प्रकारका कारोबारमा पेमेन्ट गेटवे कम्पनी मार्फत बढी हुने गरेकोपाईएपछि राष्ट्र बैंकले पनि केहि कडा कदम चाल्न सक्ने संकेत गरेको छ। गेटवेलाई व्यस्थित गर्नेगरि थप नियम बनाउन लागिएको र मौद्रिक नीतिका केहि कुराहरु सम्बोधन गर्नका लागि पनि पुष मसान्तसम्म पेमेन्ट गेटवे लाई लिएर केहि नियम आउने राष्ट्र बैंकले जनाएको छ। यसमा पूर्वाधार र लगानीका बिषय मात्र नभई कारोबार रकम र कारोबार संख्या तथा खाता खोल्ने प्रकृया लगायतका बिषयहरु पनि सामेल हुने राष्ट्र बैकको भनाई छ।आर्थिक अपराधका लागि अबैध लेनदेनका लागि पेमेन्ट गेटवे निशानामा हुने भएकाले नेपाल सरकारले यस्तो नीति लिएको देखिन्छ। त्यसैले पेमेन्ट गेटवे कम्पनीको प्रयोग गर्दा केहि महत्त्वपूर्ण बिषयमा ध्यान दिन अति आवश्यक छ। पेमेन्ट गेटवे कम्पनी मार्फत पैसा पठाउन, पाउन जति सजिलो छ। त्यति सजिलै पेमेन्ट गेटवे कम्पनी मार्फतको कारोबारबाट पैसा गुमाउन सकिन्छ। यस प्रकारको सेवा दिनलाई नेपालमा २७ वटा भुक्तानी प्रणाली प्रदायक र १० वटा भुक्तानी प्रणाली संचालकहरु रहेका छन्। जसमध्ये इसेवा इसेवा, खल्ती, आइएमईपे, प्रभु पे जस्ता भुक्तानी प्रणाली प्रदायकहरु तोकिएको मापदण्ड अनुसार संचालनमा रहेका छन् भने अन्य कम्पनीहरु संचालनमा भएपनि तोकिएको मापदण्ड पुरा गरेका छैनन् । धेरै कम्पनीहरु लाइसेन्स होल्ड गरेर मात्र बसेका छन्। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले असोज मसान्त २०७९ मा सार्वजनिक गरेको तथ्यांक हेर्ने हो भनेपनि मोबाइल वालेटको प्रयोगकर्ता र यसबाट हुने कारोबार बढिरहेको देखिन्छ। एक बर्षको अन्तरालमा मोबाइल वालेटको युजर संख्या झन्डै ४५ लाखले बढेर १ करोड ४५ लाख पुगेक छ भने कारोबार रकम पनि १ अर्बले बढेर १६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यस्तोमा कुन पेमेन्ट गेटवे कम्पनी कति विश्वसनीय छ र कति सुरक्षित छ भन्ने थाहा हुन आवश्यक छ। यसका लागि यी केहि प्रश्नहरु तपाइँ आफुलाई सोधेर निर्णय लिन सक्नुहुन्छ।  १. के प्ले स्टोर एप स्टोर मा यसको रेटिंग र रिभ्यु ठिक छ ?२. के एप को प्रयोग गर्नका लागि लग इन माग्छ ? लग इन को नियम कति सुरक्षित छ ? के यसमा सजिलै पत्ता लगाउन नसकिने पाला पासवर्ड बनाउन मिल्ने सुविधा छ ?३. फोन खोल्दाको समय पासवर्ड मागेपछि पनि जब एप प्रयोग गरिन्छ त्यो समय पनि पासवर्ड माग्छ ?४. के यो यसको एप मार्फत कारोबार गर्दा यसको नोटिफिकेसन आउँछ ?  ५. के पैसा पठाउनु अगाडी यो एपले तपाइँको स्वीकृति माग्छ ? के एक पटक गल्ति भएपछि पनि त्यसलाई सच्याउन सकिने प्राबधान छ ?६. एप स्टाल गर्नु अगाडी के के अनुमती माग्छ ? कतै अनुमति दिंदा तपाइँको सम्पूर्ण जानकारी कुनै तेस्रो पक्ष वा तेस्रो कम्पनीलाई पठाउन सकिने प्राबधान त छैन ?यसरि सुरक्षीत कारोबार गर्न सक्नुहुन्छ ?- मल्टी फ्याक्टर अथेन्टिकेशन : यदि तपाइँ यस्तो एप मार्फत बढी कारोबार गर्नुहुन्छ भने युजर नेम र पासवर्डको मात्र नभई मोबाइल नम्बर वा इमेलमा ओटिपि पठाउने विकल्प रोज्नुहोस। - नोटिफिकेसन : प्रत्येक कारोबारको नोटिफिकेशन आउने बनाउनुहोस। यसले आफ्नो संलग्नता बीना कतै कारोबार भएको छ भने पनि थप क्षती हुनभन्दा अगाडी आफुलाई जानकारी हुन्छ। - एपको लागि पासवर्ड : मोबाइल फोन खोल्ने बित्तिकै यस्तो एपमा जान सकिने अवस्था हुन्छ। त्यसैले मोबाइल खोलेपनि एप खोल्नका लागि पनि पासवर्ड माग्ने विकल्प रोज्नुहोस। - मोबाइल एप अपडेट्स : जप एप इन्स्टल हुन्छ  तब यो अपडेट हुन्छ। यो खासमा सुरक्षा उपायलाई थप मजबुतीको लागि हुन्छ। त्यसैले बीना कुनै समय खेर नफाली अपडेट गरिरहनु राम्रो हुन्छ। - पैसा पठाउन अगाडी पहिला चेक गर्नुहोस: पैसा पठाउन अगाडी कयौं तरिका अपनाउनु पर्छ।  जस्तो फोन नम्बर हाल्ने, पासवर्ड राख्ने, कसलाई कति पैसा कुन खाता वा नम्बरमा पठाउने भन्ने कुरा पहिला चेक गर्न राम्रो हुन्छ।

‘विवाह गर्छु’ भनेर ४२ लाख ठगी

रामेछापको साँघुटार नगरपालिका–३ घर भएका लोक बहादुर श्रेष्ठ उर्फ नवीन धापासीमा बस्छन् । तर, अहिले उनी प्रहरीको हिरासतमा छन् । काठमाडौँ घर भएकी एक जना ४५ वर्षीया महिलालाई ‘विवाह गर्छु’ भनेर ४ वर्षदेखि लगातार ठगेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।५२ वर्षका श्रेष्ठले फोन नम्बर पत्ता लगाएर ती महिलासँग सम्पर्क गरेका थिए । एकपटक भेटेर ‘काठमाडौँमा घर छ विवाह गर्छु’ भनेका उनले त्यसपछि बिरामी भएको बहाना बनाएर पैसा माग्

आईफोन १३ को प्रि–बुकिंग सुरु, कति छ मूल्य ?

नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागी आफ्नो प्रि–बुकिंगको घोषणा गरेको छ । आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गर्यो र यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुनेछ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन् जहाँ उनीहरुले रु ३०,००० भन्दा माथिको नगदको विभिन्न अफरहरु प्राप्त गर्नेछन् जसमा थुप्रै डिस्काउन्ट कुपनहरु उनीहरुले विभिन्न स्थानबाट पाउनेछन् जसमा रोडहाउस क्याफे (१०% छुट), द एभरेस्ट होटल (१५% छुट), बिइन्ग ह्युमन नेपाल (१०% छुट), भेन्चुरिनी सुज (१०% छुट), राइट च्वाइस नेपाल (२५ % अफ ), बाइकर्स मार्ट (१०% छूट), अर्बन फुड (१५% छुट), नील डेभिडको सैलुन (१०% छुट), केज फिटनेस (२०% छुट) र अप्सन दरबारमार्गमा (५०% सम्मको छुट) रहेका छन् । यस बाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी पनि उपलब्ध रहेको छ ।उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरुको लागी भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ । आइ–फोन १३ लाई प्रि–बुकिंग कसरी गर्न सकिन्छ?आइएमई पे एप्लिकेसन डाउनलोड गर्नेआफ्नो विवरणहरु रेजिस्टर गर्नुहोस् र आफ्नो अकाउन्ट बनाउनेयसको होमपेजमा रहेको “प्रि–बुक योर आइ–फोन १३ नाउ” ब्यानरमा क्लिक गर्नेआफ्नो नाम, फोन नम्बर र इमेल एड्रेस इन्टर गर्नेतपार्इँको पहुँचको लागि सबैभन्दा नजिक रहेको ठाउँ अनुसार ड्रपडाउन लिस्टको सूचीबाट खुद्रा विव्रmेताहरुको चयन गर्नेरु ९,९९९÷–को प्रि–बुकिंग मूल्यलाई कन्फर्म गर्नुहोस् र आइएमई पे एपबाट पैँसा तिर्ने मूल्यः cfOkmf]g !# !@* hLaL !#&(()   @%^ hLaL !%$(()   %!@ hLaL !*((()             cfOkmf]g !# ldgL !@* hLaL !@)(()   @%^ hLaL !#&(()   %!@ hLaL !&!(()       cfOkmf]g !# k|f] !@* hLaL !&$(()   @%^ hLaL !*((()   %!@ hLaL @@$(()   ! 6LaL @%%(()       cfOkmf]g !# k|f] DofS; !@* hLaL !*((()   @%^ hLaL @)%(()   %!@ hLaL @#((()   ! 6LaL @&$(()

तीन वर्षपछि कोठीबाट भागेर आउँदा.

‘त्यो कालकाेठरीबाट त उम्केर आएँ, अब मलाई उसले सजाय पाएको हेर्न मन छ । मलाई नोकरीको झुटो आशा देखाइ कोठीमा पुर्‍याउनेलाई अब कानुनअनुसार नेपालको कालकोठरीमा पुर्‍याउनु छ’, आँखाभरि आँसु बनाउँदै क्रोध मिश्रित स्वरमा रानी (नाम परिवर्तन) ले भनिन् ।रानीले थपिन्, ‘हुन त म के गर्न सक्छु, न त उसको गाउँ थाहा छ, न त उसको वास्तविक नाउँ तर मसँग उसको फोन नम्बर र फोटो छ । यति भए कसो पत्ता नलाग्ला र ?’, नुवाकोट दुप्चेश्वरकी २५ वर्षीया रानी अहिले काठमाण्डौको एक संस्थामा बसेकी छन् । त...

डिम्याट खाता, सूचना सम्प्रेषण र सचेतना

मेरो म्यासेज बक्समा एक लगानीकर्ताको जिज्ञासा आयो । उनी सोध्दै थिए, मेरो फोन नम्बर परिवर्तन भयो, म डिम्याट खातामा सच्याउन चाहन्छु । के मेरो सेयर (डिम्याट खाता) लगइन गरेर आफै अध्यावधिक गर्न सम्भव छ ? अर्को एक जिज्ञासुले त्यस्तै प्रकारको म्यासेज पठाए, मैले डिम्याट खाता खोल्दा अर्कै ठेगाना थियो, अहिले परिवर्तन भएको छ । के म मेरो सेयरमा आफैं सच्याउन सक्छु ?