२० फागुन, काठमाडौं । घरेलु मैदानमा साफ यू-१६ महिला च्याम्पियनसिप प्रतियोगितामा हारसहित सुरु गर्दा नेपाली खेलाडी बंगलादेश टिम सामु प्राविधिक र शारीरिक पक्षमा कमजोर देखिए । शनिबार ललितपुरको सातदोबाटोमा भएको खेलमा बंगलादेशसँग नेपाल २-० ले पराजित भयो । नेपालले प्रतियोगिता अघि उपाधि जित्ने लक्ष्य त राख्छ तर ग्रासरुट नै नभएकाले खेलाडीको प्रदर्शन फितलो देखिन्छ । […]