कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् । निःशुल्क रुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा सिद्धराज पनेरुलाई आज उक्त यानको चाबी हस्तान्तरण गरिएको छ ।धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताए । उनले भने, “यहाँ पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आ