बेलायतले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने आदेश दिएको छ। बेलायती प्रधानमन्त्री टेरिजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकास गरिएको घोषणा गरेकी...
काठमाडौं। हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत(आइसिसी)ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। उनले १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानूनी रूपमा देश निकाला गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो। आइसिसी सदस्य देशका सरकारको सहयोग बिना संदिग्धहरूलाई पक्राउ गर्ने अधिकार अदालतलाई नभएकाले पुष्टिन र मारिया पक्राउ पर्ने सम्भावना अति कम छ।
मस्कोले जर्मनीका ४० कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कुटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो ।रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई नन ग्राटा घोषणा गर्ने जनाएको छ । ‘रूसी कुटनीतिज्ञहरूलाई निष्कासन गर्ने जर्मन सरकारको शत्रुतापूर्ण निर्णयको सम्बन्धमा मस्कोस्थित जर्मन कूटनीत
एजेन्सी । मस्कोले जर्मनीका ४० कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो । रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रुसमा रहेका जर्मनीका कूटनीतिक संस्थाका ४० जना कर्मचारीलाई नन ग्राटा घोषणा गर्ने जनाएको […]
किभ – रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गरेको छ । युक्रेनमाथि रुसी हमलाको विरोधमा पश्चिमा देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाइरहेका बेला मस्कोले पछिल्लो कदम चालेको हो । रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ […]
काठमाडौँ । रुसले युरोपेली युनियनमा आबद्ध दुई राष्ट्रका ३६ कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने निर्णय गरेको छ । रुसी विदेश मन्त्रालयले २१ बेल्जियम र १५ हल्यान्ड्सका कूटनीतिज्ञहरूलाई ‘पर्सना नन ग्रेटा’ जारी गरेको छ । उनीहरूलाई देश छाड्न दुई साताको समय दिइएको छ । मस्कोले लक्जमवर्गका राजदूतलाई बोलाएर आफ्ना राजदूतलाई देश निकाला गरेको विषयमा विरोध जनाएको गरेको […]
क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ । रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो । युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् । रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्न
जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको हो ।
यूक्रेनमा आक्रमण गरेको रुसले नागरिकको हत्या गर्ने र आणविक ऊर्जा केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको उहाँले टिप्पणी समेत गर्नुभएको छ । जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ । प्रधानमन्त्री किशिदाले जापान युक्रेनको साथमा रहेको पनि बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।
भा...
काठमाडौं– अष्ट्रियाले चार रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्ने भएको छ । अष्ट्रियन विदेशमन्त्रालयले जनाएअनुसार कूटनीतिक मर्यादाबाहिर गइ काम गर्ने चार रुसी कूटनीतिज्ञलाई देश निकाला गर्न लागिएको हो । अष्ट्रियाबाट देश निकालामा पर्ने रुसी कूटनीतिज्ञहरूमा तीन जना भियनास्थित दूतावासमा कार्यरत रहेको र अर्का एक जना साल्जबर्ग शहरस्थित रुसी नियोगमा कार्यरत रहेको जनाइएको छ । उनीहरूलाई अष्ट्रिया छाड्न अप्रिल […]
जर्मनीले ४० रुसी कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छोड्न आदेश दिएको छ । बर्लिनले ठूलो संख्याका रुसी राजदूतावासका अधिकारीले प्रत्येक दिन जर्मनीको स्वतन्त्रता विरुद्धमा काम गरिहेको आरोप लगाएको छ । रुसीले जर्मनहरुको ऐक्यबद्धताको विरोधमा काम गरिरहेको समेत बर्लिनले आरोप लगाएको छ । विदेश मन्त्री अन्नालेना बेयरबकले आफूहरुले लामो समयसम्म यो सहन गर्न नसक्ने पनि बताएकी छिन् ।यदि कुटनीतिज्ञहरूलाई अनिच्छित व्यक्तिको रुपमा हेर्ने हो भने यसको अर्थ उनीहरुलाई हटाउनु भन्ने लाग्छ । यो निर्णय रुसी राजदूत
युरोपियन युनियन (इयु) भित्रका चार देशले रुसका ४० जना भन्दा बढी कूटनीतिक अधिकारीलाई देश निकाला गर्ने भएका छन् । जासुसीका आरोपमा आयरल्याण्ड, बेल्जियम, नेदरल्याड्स र चेक गणतन्त्रले एकसाथ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चार देशले मंगलबार रुसी दूतावासमा कार्यरत कुल ४३ जना कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएका हुन् । […]