अराजक बन्दै विद्यार्थी नेता : त्रासमा प्राध्यापक, पाउँदैनन् न्याय

काठमाडौं : मिति २०७७ साल असोज २० गते। समय : बिहान १० बजे। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) समाजशास्त्र विभागका उप–प्राध्यापक प्रेम चलाउने नेपाल बैंक लिमिटेडको एटिएमबाट पैसा झिकेर आवासतिर फर्किंदै थिए। त्यहीबेला एउटा समूहले  उनीमाथि आक्रमण गर्‍याे।उनी ती दिन सम्झिन मन नहुँदा नहुँदै सम्झन्छन्, ’मलाई पछाडिबाट एक्कासी हिर्काइएको थियो, मैले उनीहरूलाई कहिल्यै देखेको थिइनँ, न त उनीहरूसँग मेरो कुनै दुस्मनी नै थियो तर उनीहरूले मलाई अनवरत फलामका रड, भ