दाङका स्वास्थ्यकर्मी आन्दोलित‚ डा. सिंहमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माग

दाङ : राप्ती प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको विरोधमा दाङमा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। घटनामा संलग्नलाई कारवाही माग गर्दै दाङमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रदर्शन गरेका हुन्।डा. सिंहलाई नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियार नेतृत्वको समूहले शुक्रबार कार्यकक्षमै कालोमोसो दलेका थिए। घटना भएको तेस्रो दिनसम्म पनि संलग्नलाई कारवाही नगरेको भन्दै स्वास्थ्यकर्मीहरु आक्रोशित बनेका छन

सम्बन्धित सामग्री

भेरी अस्पतालमा आक्रमण भएपछि आन्दोलनमा उत्रिए स्वास्थ्यकर्मी

बुटवल, जेठ १४ । भेरी अस्पताल, बाँकेको स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।आफूहरुमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै उनीहरु शुक्रबार बिहान नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन् ।उनीहरुले अस्पताल बाहिर आक्रमणकारी गर्ने दोषी कारवाही गर, हामीलाई न्याय देउ, प्रशासन मुर्दावाद, नो सेक्युरिटी नो वर्क भन्दै नाराबाजी गरेका छन् ।बिरामीका...