पोखरामा प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता–२०७९ हुने भएको छ । देविज स्नुकर क्लबको आयोजनामा आउँदो भदौ १२ देखि १९ गतेसम्म पोखरामा पहिलो पटक उक्त प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।उक्त प्रतियोगितामा कास्कीबाट करिब ४८ जना सहित १ सय २८ जना सहभागि हुने भएको प्रतियोगिताका संयोजक शंकर गुरुङले बताए । […]