एनआईसीले बिगतमा झैं बाटो बिराउँदा अप्ठ्यारोमा बैंकिंङ, राष्ट्र बैंकको हस्तक्षेपको माग

असोज महिनाको ब्याजमा सनराइज बैंक आक्रामक हुँदा त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर समग्र बैंकिंङ क्षेत्रमा देखिएको थियो। सनराइज बैंकले विकास बैंकले भन्दा पनि बढी मुद्दतीमा १०.५१ प्रतिशत ब्याज कायम गर्दा समकालिन बैंक मात्र नभई विकास बैंक र फाइनान्सको समेत व्यवसाय खोसिएको थियो। तर कात्तिकमा आउदा सनराइज बैंक सम्हालिएर सिंगल डिजिटमा ब्याजदर कायम गरेपनि एनआईसी एसियाले बिगतमा झैं 'बाटो बिराएर' आक्रामक रुपमा ब्याज बढाएको छ।  जसले गर्दा समग्र बैंकिंङ क्षेत्र नै अप्ठ्यारो अवस्थामा फसेको छ ।बैंकहरुमै आक्रामक रुपमा व्यवसाय विस्तार गरिरहेको एनआईसी एसियाले ब्याजदर सहकारीले जस्तै वृद्धि गरेकाले आफुहरु पनि ब्याजदर बढाउँन बाध्य भएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए ।'असोजमा सम्हालिएर प्यानिक नभई ब्याजको दर सिंगल डिजिटमै राखेको हो तर अहिले भद्र सहमति तोडेर एनआईसी एसियाले सहकारीको जस्तै ब्याज पुर्याएको छ, ब्याज नबढाए हामीसंग भएको निक्षेप पनि खोसिन्छ, त्यहि भएर ब्याज नबढाउनुको विकल्प रहेन'  ति सीईओ ले बिजपाटीकर्मीसँग भने।असोज महिनामा सनराइजले ब्याज १०.५१ अफर गर्दा आफुहरुको ठुलो निक्षेप खोसिएको बताउदै ती सीईओ भन्छन्, 'एनआईसी एसियाले बिगतमा झैं बाटो बिराएर ब्याज बढाएको छ, एनबिए ले सहमती मात्रै खोज्ने हो त्यहि भएर अब राष्ट्र बैंकले बिगतमा झैं हस्तक्षेप गर्नुपर्छ।' कोभिडको लकडाउनमा प्रशस्त पैसा हुँदा बचतमा १ प्रतिशतसम्म अफर गरेको एनआईसी एसियाले त्यो बेला सस्तोमा ठुलो पैसा कर्जा लगानी गरेको र अहिले त्यहि सस्तो कर्जालाई महँगो बनाउन यस्तो रणनीति लिएको ती सीईओको दाबी छ।एनआईसी एसियाले पटक पटक बैंकिंग क्षेत्र बिगार्ने गरि रणनीति लिंदा पनि राष्ट्र बैंकले खासै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउदै अहिलेका गभर्नरले बिगतमा झैं एनआईसी एसियालाई छुट दिन नहुने ती सीईओको माग छ।कोभिडको लकडाउन अगाडीको तरलता अभावको बेला ब्याज वृद्धिमा आक्रामक बनेको एनआईसी एसिया अहिलेपनि आक्रामक बनेको छ। एनआईसी एसियाका कारण जसरि बिगतमा सिंगो बैंकिंङ क्षेत्र नै प्यानिक भएको थियो, त्यसैगरि अहिलेपनि प्यानिक बन्न पुगेको छ। बिगतमा बैंकहरुबीचको भद्र सहमति तोडेर आक्रामक रुपमा ब्याज बढाएपछि राष्ट्र बैंक र अर्थमन्त्रालयले हस्तक्षेप गरेका थिए। अहिलेपनि एनआईसी एसियाले यहि कात्तिकदेखि लागू हुने गरि बचतमा न्युनतम ६.१० प्रतिशत र् अधिकतम ८.१० प्रतिशत कायम गरेको छ भने मासिक निक्षेपमा ११।१० प्रतिशत तथा मुद्दती निक्षेपमा ११.१० प्रतिशत कायम गरेको छ। त्यस्तै कर्जाको ब्याज १३.८९ प्रतिशत पुर्याएको छ। एनआईसी एसियाले आक्रामक रुपमा ब्याज बढाएपछि नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, कुमारी बैंकपनि ब्याज बढाउँन बाध्य भएका छन्।     कुमारी बैंकले संस्थागत मुद्दतीमा डबल डिजिटको ब्याज अफर गरेको छ। संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिने अवधिको ब्याजदर ९.३१ प्रतिशत कायम गरेपनि ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.३१ प्रतिशत तोकेको छ।  त्यस्तै ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ८.८१ प्रतिशत तोकेको छ। यस्तै, ६ महिनाभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ९.८१ प्रतिशत कायम गरेको छ भने एक वर्ष वा सोभन्दा बढी अवधिको ब्याजदर ९.८१ प्रतिशत कायम गरेको छ।नेपाल बंगालदेश बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। बैंकले ३ देखि ६ महिना अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० र ६ महिनाभन्दा बढी अवधिको ब्याजदर १०.२८ प्रतिशत कायम गरेको छ। यसैगरि संस्थागत मुद्दतितर्फ ३ देखि ६ महिना अवधिको ब्याजदर १० प्रतिशत र ६ महिनादेखि माथि अवधिको ब्याजदर १०.२८ प्रतिशत कायम गरेको छ। बैंकले बचत खातामा अधिकतम ५.२८ प्रतिशत ब्याजदर दिने भएको छलक्ष्मी बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। लक्ष्मी बैंकले बचतमा ६.०१ प्रतिशत ब्याज कायम गरेपनि व्यक्तिगत र संस्थागत निक्षेपमा ११.०५ प्रतिशत ब्याज कायम गरेको छ। लक्ष्मीले अफर गरेको यो ब्याज एनआईसी एसियाको भन्दा थोरैले कम हो। त्यस्तै लक्ष्मी बैंकले कर्जाको ब्याज १३।९९ प्रतिशतसम्म कायम गरेको छ। उसले अधिकांश शिर्षकको कर्जाको ब्याज बेस रेटमा ५ प्रतिशत जोड्ने भनेको छ। भदौसम्मको तथ्यांकअनुसार लक्ष्मीको बेस रेट ७।०७ प्रतिशत रहेको छ। यस आधारमा कर्जाको ब्याज न्युनतम पनि १२।०७ प्रतिशत हुने देखिन्छ। एनसीसी बैंकले पनि डबल डिजिटको ब्याज अफर गरेको छ। बैंकले बचतमा न्युनतम ५.५५ प्रतिशत ब्याज दिने भएको छ भने मुद्दती निक्षेपमा १०.५५ प्रतिशत दिने भएको छ। त्यस्तै कर्जाको ब्याज बेस रेटमा ७ प्रतिशत जोड्ने भनेको छ। असार मसान्तसम्म एनसिसिको बेस रेट ७।५७ प्रतिशत छ, अर्थात न्युनतम पनि कर्जाको ब्याजदर १४।५७ प्रतिशत हुने देखिन्छ। 

सम्बन्धित सामग्री

राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा

नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक) १४ वैशाख २०१३ मा स्थापना भएको हो । राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा हुन् । गभर्नरको कार्यअवधि पाँच वर्षको थियो । तर, उनले ४ वर्ष ८ महिना...

गभर्नर अधिकारीविरूद्ध राष्ट्र बैंकको गेटमा प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

काठमाडौं, साउन १ । गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै राष्ट्र बैंक घेराउ गर्न पुगेका नेविसंघ र अखिल (क्रान्तिकारी) का विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । दलीय सलंग्नता र शैक्षिक योग्यताका विषयहरूमा प्रश्न उठेपछि विद्यार्थी युवा संगठनहरू बालुवाटारस्थित राष्ट्र बैंकको गेट नम्बर ३ नम्बरमा गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउन पुगेका थिए । उनीहरूको प्रदर्शनमा […]

राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र आचार्य नियुक्त

नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई केन्द्रीय बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक शिवाकोटी राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा.श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गत वैशाखदेखि रिक्त रहेको पदमा शिवाकोटी र आचार्यलाई नियुक्त गरिएको हो ।

राष्ट्र बैंकको बचाउ : एलसी बन्द गर्न कुनै निर्देशन दिएका छैनौं

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले कयौं बिलासी वस्तुको आयातको लागि प्रतीतपत्र (एलसी) खोलेका छैनन् । गत २१ चैतमा राष्ट्र बैंकले दिएको निर्देशनभन्दा ठीक अघि र पछि सीमित व्यापारिक घरानाले पूर्वसूचनाका आधारमा ठूलाे परिमाणमा एलसी खोलेपछि राष्ट्र बैंक नै विवादमा परेको थियो । यसबारे अहिलेसम्म  मौन रहेको राष्ट्र बैंक मंगलबार सरकारले १० […]

राष्ट्र बैंकको नोकरीमा किन हुन्छ आकर्षण ?

विशिष्ट श्रेणी मात्र नभई राष्ट्र बैंकको सामान्य पदमा पनि छुट्टै आकर्षण छ । राष्ट्र बैंक नेपालको सबभन्दा बलियो र स्वतन्त्र नियामक निकाय समेत हो ।

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी पुगे राष्ट्र बैंक

काठमाडौं, ३१ भदौ । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति ब्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी […]

अर्थसविच मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको शपथ लिएका छन्।उनले आज सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीबाट शपथ लिएका हुन्।नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।सोही ऐनको दफा १०८ मा बैंकका गर्भनर र सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीस वा तोकिएको न्यायाधीससमक्ष शपथ लिनुपर्ने व्यवस्था छ।

राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेको ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरीवेक्षणमा भएपछि ढकाललाई आज चैत १० गतेदेखि लागू हुनेगरी प्रवक्ता तोकिएको हो ।व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकाल राष्ट्र बैंकका २५ वर्ष […]

राष्ट्र बैंकको प्रवक्तामा ढकाल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् । यसअघिका प्रवक्ता तथा अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टको सरुवा बैंक सुपरिवेक्षणमा भएपछि ढकाललाई प्रवक्ता तोकिएको हो । राष्ट्र बैंक नियमन विभागका प्रमुख रहेका ढकाल वरियतामा तेस्रो स्थानका कार्यकारी निर्देशक हुन् ।  उनले मंगलवार (चैत १० गतेदेखि लागू हुनेगरी) जिम्मेवारी सम्हाल्नेछन् ।