पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको  अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प  २१ : ३४  जिएमटीम रेकर्ड गरिएको थियो ।  ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ ।पपुवा न्युगिनी भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा अवस्थित छ जसलाई रिङ अफ फायर भनिन्छ र यहाँ नियमित रूपमा शक्तिशाली भूकम्प आउने गर्दछ। 

सम्बन्धित सामग्री

पपुवा न्युगिनी भूकम्प जाँदा मृत्यु हुनेको संख्या १० पुग्यो

पोर्ट मोरेस्बी। पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ। यस भूकम्पमा परी अन्य कैंयौैं घाइते भएका छन्। उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ। यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ।

पपुवा न्युगिनी भूकम्प : ५ जनाको मृत्यु, एक गाउँसँगको सम्पर्क बिच्छेद

पोर्ट मोर्सबाई – पपुवा न्युगिनीमा गएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार बिहान गएको ७ दशमलब ६ म्याग्निच्युडको भूकम्पमा धेरै घरहरु भत्किएका छन्। भूकम्पपछि केही सडक खण्डमा धाँजा फाटेका छन् भने पहाडमा पहिरो गएको छ। संसद सदस्य केसी सवाङले दुर्गम पहाडी गाउँमा कम्तीमा दुई जनाको ज्यान गएको र अन्य चारजनालाई गम्भीर […]

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

पपुवा न्युगिनी । पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर (४१ माइल भन्दा बढी) तारी शहरको पश्चिममा उक्त भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पबाट कुनै पनि क्षति नभएको जनाइएको छ । […]

पपुवा न्युगिनी र जापानमा भूकम्प - Naya Patrika

पपुवा न्युगिनी र जापानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ । चीनको भूकम्प मापन केन्द्रले पपुवा न्युगिनीमा आइतार बिहान १ः४४ मा ७.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको हो । भूकम्पबाट के...पूरा पढ्नुहोस् »