यातायात सेवा व्यवस्थित गर्न ऐन ल्याउँदै प्रदेश सरकार

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा यातायात सेवा व्यवस्थित गर्न प्रदेश सवारी तथा यातायातसम्बन्धी ऐन ल्याउन लागेको छ। सरल एवं सुलभ ढंगबाट यातायात सञ्चालन गराउन प्रदेश सरकारले ऐन ल्याउन लागेको हो। प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सभाको आइतबारको बैठकमा प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका हुन्। प्रदेश सरकारले […]